Logo
२२ बैशाख २०८१, शनिबार
(April 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनको कृषि विश्वविद्यालयले उत्पादन गर्‍यो तितेपाती स्यानिटाइजर

बाग्मती प्रदेश स्थित चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ ।

विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो ।

तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग भएको विश्विद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए ।

सो स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तयार पारिएको सापकोटाले बताए । केन्द्रले पहिलो चरणमा १८० लिटर स्यानिटाइजर उत्पादन गरेको र २० एमएलको बोतलमा प्याकिङ गरेको छ ।

स्यानिटाइजर सोमबारदेखि प्रयोगमा ल्याइएको छ । जिल्लाको नारायणगढ र नवलपुरको गैँडाकोट क्षेत्रका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायी तथा कृषकलाई निःशुल्करूपमा वितरणसमेत गरिएको छ ।

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलिया, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जैविक प्रविधि केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडरिया, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायत उपस्थित भएका थिए ।

प्रकाशित मिति: Apr 21, 2020

प्रतिक्रिया दिनुहोस्