Logo
३० बैशाख २०८१, आईतबार
(April 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धादिङमा ट्रान्समिटर पड्किईदा करेन्ट लागेर २ जनाको मृत्यु, ७ घाइते

सांकेतिक तस्बिर

धादिङको थाक्रे गाउँपालिकामा ट्रान्समिटर पड्किई हाई भोल्टेज विद्युत प्रशारण हुन हुदाँ करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

घरमा विद्युतीय सामग्री चलाउने क्रममा थाक्रे गाउँपालिका ३ विचारी टोलका २३ वर्षका सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्षका सानोमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति पौने ११ बजे ट्रान्समिटर पड्किएर भएको घटनामा सोही गाउँका अरु ७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्था र दुई जनाको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रकाशित मिति: Apr 21, 2020

प्रतिक्रिया दिनुहोस्