Logo
१८ बैशाख २०८१, मंगलबार
(April 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका विभिन्न भागमा वर्षा हुँदै, पूर्वतिर चट्याङ, हुरीबतास र असिना पर्ने सम्भावना

आज यतिबेला उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबतास सहित पानी परिरहेको छ ।

विशेषगरी प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम अझै डेढ घण्टा चल्ने मौसमविद् मन्जु बासीले जानकारी दिएका छन् ।

उनका अनुसार यो बादल अहिले उत्तर पूर्वतिर सरिरहेको छ । यसकै कारण पूर्वतिर पनि चट्याङ, हुरीबतास र असिना पर्ने भएकाले सावधानी अपनाउन उनको सुझाव छ ।

प्रकाशित मिति: Apr 21, 2020

प्रतिक्रिया दिनुहोस्