Logo
५ जेष्ठ २०८१, शनिबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक दलसम्बन्धी कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

अहिले पछिल्लो समयमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाइरहेको अवस्थामा  राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न सरकारले अध्यादेश ल्याउने भएको छ ।

हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनु पर्ने प्रावधान छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । अब त्यसमा के-के संशोधन गर्ने भन्ने बारेमा छलफल भए पनि बुँदागत रुपमा अध्यादेश मस्यौदापछि थाहा हुने ती मन्त्रीले बताए ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्