Logo
२३ बैशाख २०८१, आईतबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट फर्केका जनकनन्दनीका वडाअध्यक्षको र्‍यापिड टेस्ट पोजेटिभ

प्रदेश २ स्थित धनुषा जिल्लामा एक जना जनप्रतिनिधिको र्‍यापिड टेस्ट पोजेटिभ आएको छ ।

भारतबाट फर्केका धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएकोले उनको स्वाब लिई पिसिआर परीक्षणका लागि दिने तयारी गरिएको प्रादेशिक अस्पताल जनकपुरका निमित्त प्रमुख डा. जामुन सिंहले जानकारी दिएका छन् ।

वडाध्यक्षको आरडीटी रिपोर्ट पोजेटिभ आएकोले उनको स्वाब लिई परीक्षण गर्ने तयारी भएको डा. सिंहले बताए ।

वडाध्यक्ष मधुमेहका बिरामी समेत हुन् । उनको पिसिआर टेष्टका लागि स्वाब लिईसकेपछि अस्पताल नजिकै रहेको क्वारेन्टाईनमा राखिने उनले बताए ।

नेपालमा कोरोना भाइरसका कारण लकडाउन लागू भईसकेपछि उनी भारत बिहारको मधुवनीमा १ महिना बसी आफ्नो गाउँ फर्केका थिए ।

भारतबाट फर्केका उनलाई स्थानीयहरुको दबाबपछि गत चैत २४ गते वडा नम्बर ४ स्थित विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको थियो ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्