Logo
३१ बैशाख २०८१, सोमबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा लकडाउन उल्लंघन गर्ने संख्या बढ्दोक्रम,सुनसरीमा सबैभन्दा उच्च

प्रदेश १ मा लकडाउन उल्लंघन गरी सवारी चलाउनेको संख्या दिनानुदिन बढ्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ।

लकडाउन उल्लंघन गरी चलाउनेको संख्या सुनसरीमा सबैभन्दा बढी देखिएको छ। विभिन्न बहाना बनाएर सवारी चलाउने बढेको भन्दै सुनसरी प्रहरी र प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले सवारी नियन्त्रणमा लिई कारबाही गर्न थालेका छन्।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहाल भन्छन्, ‘लकडाउनको अवधिमा आजसम्म प्रदेश १ भरिबाट १ हजार ३ सयभन्दा बढी सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरिसकेका छौँ।’

उनका अनुसार सबैभन्दा बढी कारबाहीमा पर्ने सुनसरी रहेको छ। सुनसरीमा मोटरसाइकल र स्कुटर गरेर ४ सय ३७ वटा, अटो ट्याम्पु २८, ट्याक्टर ४ र साइकल ६२ वटा नियन्त्रणमा लिई कारबाही गरेको दाहालले जानकारी दिए।

सुनसरीमा ५ सय ३१ वटा सवारीलाई कारबाही गरिंदा झापामा भने जम्मा ३ सय ६ वटा सवारीलाई कारबाही गरिएको उनले बताए।

झापामा मोटरसाइकल स्कुटर गरी २ सय ५८, अटो ट्याम्पु १०, ट्रिपर ट्रयाक्टर ८ र कार, जीप, बोलेरो ४ तथा अन्य विभिन्न सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।

त्यस्तै, मोरङमा मोटरसाइकल स्कुटर १ सय ४३, अटो ट्याम्पो २, कार, जीप, बोलेरो ५ गरी जम्मा १ सय ५०, उदयपुरमा अटो ट्याम्पो १२, कार, जीप, बोलेरो १, मोटरसाइकल स्कुटर ४८ र साइकल ७१ गरी १ सय ३२ वटा सवारी नियन्त्रणमा लिएर कारबाही गरिएको एसपी दाहालले बताए।

‘यसअघि पक्राउ परेका सवारी साधनलाई सचेतना तथा कारबाही गरी फिर्ता दिएका छौं,’ दाहालले भने, ‘४ दिन यता पक्राउ परेका सवारी साधन भने अब लकडाउन सकिएपछि मात्रै फिर्ता दिने छौँ।’

प्रदेश १ कै सबैभन्दा बढी सवारी उल्लंघन गरेको सुनसरीमा यसअघि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) विनोद शर्माले सडकमा निस्कने जो कोही भए पनि सीधै मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा पठाउने चेतावनी दिएका थिए।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्