Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशबाट फर्केका युवालाई देशमै रोजगारी दिन कार्यदल गठन

पछिल्लो समयमा कोरोना भाइरसको कारण विदेशबाट आएका युवालाई देशमै उद्यम गर्न प्रेरित गर्नको लागि कार्यदल गठन भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा आइतबार विभिन्न मन्त्रालय र निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिबीच भएको छलफलले विदेशबाट आएका युवालाई देशमै उद्यम गर्न प्रेरित गर्नको लागि कार्यदल गठन गरेको हो ।

कार्यदलले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उत्पादनशील उद्यमशीलतामा सहभागी गराउन विशेष योजना तयार गर्नेछ ।

कार्यदलको नेतृत्व उद्योग मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखा प्रमुखले गर्नेछन् भने कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सदस्य रहनेछन् ।

साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा निजी क्षेत्रका छाता सङ्गठनहरु, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर्स अफ् कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधि पनि रहने छन् ।

यस्तै विषेश योजना कार्यान्वयन गर्न लगानी गर्नपर्ने स्रोत र साधन परिचालनको प्रस्ताव गर्नेछ । कार्यदलले १५ दिनभित्र प्रतिवदेन बुझाउनुपर्नेछ ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्