Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीकै अगाडी भारतमा २ साधुसहित तीन जनाको कुटीकुटी हत्या, ११० जना पक्राउ

भारत स्थित महाराष्ट्रको पालघरमा बिहीबार एउटा भिडले कुटीकुटी तीन जनाको हत्या गरेका छन् । घट्नाको भिडियो टुइटरमा ट्रेण्ड भईरहेको छ । भिडियोमा प्रहरीकै अगाडी उक्त घट्ना भएको देखिन्छ ।

उक्त विषयमा अनुसन्धान गर्न प्रहरीले १ सय १० जनालाई पक्राउ गरेको छ । मुख्यमन्त्री उद्धव ठाकरेले दोषीलाई कठोर दण्ड दिने घोषणा पनि गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार पालघरबाट सुरततर्फ गाडीमा जाँदै गरेका तीन जनालाई बाटोमा रोकेर केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेका थिए ।

मृत्यु हुनेमा ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालक छन् ।
आक्रमणकारीले उनीहरु चोर रहेको भन्दै आक्रमण गरेका थिए ।

तर, ती तीनैजना व्यक्ति एक जनाको अन्तिम संस्कारमा सहभागी हुनका लागि सुरत जान लागेको बताइएको छ ।

पालघर प्रहरीले आक्रमणमा संलग्नको पहिचान गर्न ११० जनालाई पक्राउ गरेको जानकारी ट्वीटरमार्फत् दिएको छ ।

पक्राउ पर्नेहरुमा ९ बालबालिकासमेत छन् । १०१ जनालाई यही अप्रिल ३० तारिखसम्मका लागि भनेर हिरासतमा राखिएको छ । प्रहरीले हत्याको अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्