Logo
१७ बैशाख २०८१, सोमबार
(April 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को कोरोना संक्रमण भए नभएको ‘भेरीफिकेसन’ रिर्पोट अब धरानबाटै

कोरोना संक्रमण भए नभएको फाइनल रिर्पोट पुनः परिक्षण (क्रस भेरीफिकेसन ) गर्न अब काठमाण्डौं लैजानु पर्ने बाध्यताको अन्त्य भएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलन मार्फत पुनः परिक्षण (क्रसभेरीफिकेसन) गर्नका लागि काठमाण्डौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नै आउनु पर्ने बाध्यता हटाइएको जानकारी दिइएको छ ।

अब पुनः परिक्षण(क्रस भेरीफिकेसन) पूर्वको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपालगञ्जस्थित भेरी अस्पतालले नै गर्ने मन्त्रालयले जनाएको छ । अब यी अस्पतालले नै बिरामीमा कोरोना भए नभएको पुष्टि गर्ने र सार्वजनिक गर्ने अधिकार प्राप्त गरेको मन्त्रायले जनाएको छ ।

मन्त्रालयको कल सेन्टर, मोबाइल एप्प र अनलाइनमार्फत धेरैले ‘क्रस भेरीफिकेसन’का लागि किन काठमाण्डौं नै आउनु पर्ने बाध्यता बनाइएको हो ? र यसले गर्दा कोरोना संक्रमण भएको हो होइन भन्ने रिर्पोट पर्कन ढिलाई हुनाले संक्रमण झन फैलने खतरा बढेको भन्दै प्रश्न गरेपछि मन्त्रालयले यस्तो निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

अबका दिन यसअघिको जस्तो ‘क्रस भेरिसिफेसन’का लागि कुनै पनि स्थानका अस्पतालले धेरै समय कुर्न नपर्ने मन्त्रालयले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा रहेको एक मस्जिदमा बसोबास गर्नहरुको र्यापिड टेष्ट गर्दा ८ जनामा कोरोना संक्रमण भएको रिर्पोट आएको थियो ।

सो मस्जिदमा रहेका १६ जनाकै स्वाब संकलन गरि कोशी अञ्चल अस्पतालमा पुनः परिक्षण गरिएको थियो । कोशी अञ्चल अस्पतालमा पनि रिर्पोट पोजेटिभ आएपछि प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले बिहिबार रातारात ‘क्रस भेरिसिफेसन’का एम्बुलेन्स मार्फत बाध्य भई टेंकु पठाउनु परेको थियो ।

टेंकुको परिक्षणमा पनि १६ मध्ये १२ मा कोरोना पोजेटिभ आएपछि मन्त्रालयले सार्वाजनिक गरेको थियो । १६ मध्ये थप १ जानको शनिवार रिर्पोट पोजेटिभ आएको मन्त्रालयले जनाएको थियो । मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा हिजो ६९ जनाको र आज नेपाली सेनाको स्वास्थ्यकर्मी सहितको टोली हेलिकप्टर मार्फत सो स्थान पुगेर दु्रत गतिमा स्वाब लिने कार्य भईरहेको छ ।

आज सो स्थानका ३ सय बढीको स्वाब लिने योजनाका साथ काम भईरहेको मन्त्रालयले जनाएको छ । ३१ संक्रमित मध्ये ३ जना निको भई सकेको र बाँकीको बिभिन्न अस्पतालमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 19, 2020

प्रतिक्रिया दिनुहोस्