Logo
३० बैशाख २०८१, आईतबार
(April 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल एअरलाइन्स १८ जना बङ्गलादेशी नागरिक बोकेर ढाका उड्यो

बङ्गलादेशका १८ जना नागरिक बोकेर नेपाल एअरलाइन्स बङ्गलादेशको ढाका गएको छ ।

नेपालमा रहेको बङ्गलादेशकाे दूतावासले जहाज चार्टर्ड गरेको हो । नेपालमा रहेका १८ जना बङ्गलादेशी नागरिक बोकेर न्यारोबडी जहाज सवा १० बजे ढाकाको लागि उडेको हो ।

नेपालमा पनि काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण बढ्न थालेपछि विभिन्न देशले जहाज चार्टर्ड गर्दै आफ्ना नागरिक लैजान थालेका छन् ।

शनिबार मात्रै भुटानले २ जनाका लागि जहाज चार्टर्ड गरेकाे थियाे । जहाज आइतबार दिउँसो २ बजे नेपाल आउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 19, 2020

प्रतिक्रिया दिनुहोस्