Logo
१७ बैशाख २०८१, सोमबार
(April 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कडाईपछि सुनसरीको प्रायः सबै सडक सुनसान : लकडाउन उल्लघन गर्ने ९८ जना पक्राउ

प्रदेश १ स्थित जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानबाट सडकमा लकडाउन उल्लघन गरि घरबाट बाहिर निस्कीएकासहित ९८ जनालाई पक्राउ गरेको छ ।

प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले शनिवार बिहानदेखी सुनसरीका विभिन्न सडकमा पैदल हिडदै गरेको अवस्थामा जिल्ला भित्रका ५० जना र बाहिरी जिल्लाबाट सुनसरी आएका ९ जनालाई नियन्त्रणमा लिएको बताए ।

उपरिक्षक पोखरेलले घरबाट काम बिना बाहिर सडकमा हिडडुल गर्दै गरेको अवश्थामा सुनसरीका विभिन्न स्थानबाट ३९ जनालाई पक्राउ गरिएको बताए ।

सडकमा पैदल हिडदै गरेको अवश्थामा नियन्त्रणमा लिएका ३९ जनालाई अस्पतालमा स्वास्थ्य परिक्षण गरि क्वारेन्टाईनमा राखिने र घरबाट काम बिना हिडडुल गर्नेहरुलाई इनरुवा लगायतका प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरिक्षक पोखरेलले बताए ।

प्रहरी उपरिक्षक पोखरेलले कोरोना सक्रमणको खतरा बढदै गएको पाईएकाले जिल्लाका सवै स्थानमा मानिसहरुलाई घर भित्र बस्न र सडकमा सुरक्षाकर्मी बाहेक कसैलाई पनि आवत जावत गर्न नपाईने गरि कडाई गरिएको बताए ।

उदयपुरको मस्जिदमा १२ जना भारतिय नागरिकहरुलाई कोरोना सक्रमण रहेको फेला परेपछि सुनसरीमा शनिवार बिहानदेखि सुरक्षानिकायले हाइअर्लटमा सुरक्षा परिचालन गरि लकडाउनलाई कडा बनाएपछि सर्वसाधरणहरुको हिडडुल, सवारीसाधनहरुको आवत जावतमा रोक लगाएपछि लकडाउन उल्लघन गर्ने र सडकमा हिडनेलाई पक्राउ गर्न थालेको हो ।

प्रकाशित मिति: Apr 18, 2020

प्रतिक्रिया दिनुहोस्