Logo
१७ बैशाख २०८१, सोमबार
(April 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का सबै मस्जिदहरु सिल गरिदै, मस्जिदमा रहेकाहरुलाई अन्य क्वारेन्टाइनमा

प्रदेश १ स्थित रहेका सबै मस्जिदलाई सिल गर्ने भएको छ । गृहमन्त्रीको निर्देशनमा प्रमुख जिल्ला अधिकारीहरु मार्फत संघीय सरकारले सबै मस्जिदहरुलाई सिल गर्न लागिएको हो ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको एक मस्जिदमा लुकेर बसेका १२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएपछि इटहरीका १४ वटा मस्जिदमा सिल गरिएको छ ।

संघीय सरकारको निर्देशनमा प्रहरीले संभावित संक्रमणबाट जोगिन केही समयका लागि ती मस्जिदहरुमा सिल गरेको हो । मस्जिदमा रहेकाहरुलाई इटहरी सरकारले निर्माण गरेको जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा व्यवस्थित तरिकाले राखिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छन् ।

सिल गरिएका मस्जिदहरुमा प्रहरीले दैनिक रुपमा निगरानी गरिरहेको छ । मस्जिद सिल गरि खाली गराइएपछि इटहरी नगरका मुस्लिम समुदायका दाजुभाई दिदि बहिनीलाई केही समय आ आफ्नो घरमा प्रार्थनाका लागि इटहरी उपमहानगरले अनुरोध गरेको उपमेयर गौतमले बताइन् ।

उपमहानगरको अनुरोधलाई स्वीकार गरि मुस्लिम समुदायका सदस्यहरुले घर घरमै प्रार्थना थालेको उनले बताइन् ।

 

प्रकाशित मिति: Apr 18, 2020

प्रतिक्रिया दिनुहोस्