Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि उपत्यकामा ६ ओटा भाटभटेनी स्टोर सञ्चालनमा

भाटभटेनी सुपरस्टोरले शुक्रवारदेखि उपत्यकाका ६ ओटा स्टोर सञ्चालनमा ल्याएको छ ।

देशमै सबैभन्दा ठूलो रिटेल चेन सञ्चालन गरिरहेको भाटभटेनी ग्रूपले लकडाउनकै अवधिमा पनि कलंकी, महाराजगन्ज, नक्साल, भक्तपुर, कोटेश्वर र पुल्चोकको आउटलेट खोलेर उपभोक्तालाई सेवा दिन लागेको हो ।

लकडाउनको समयमा उपभोक्तालाई उपभोग्य वस्तु खरीद गर्ने ग्राहकको चाहनालाई ध्यानमा राख्दै शुक्रवारदेखि उपत्यकाभित्रका ६ ओटा स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपरस्टोरका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए ।

भाटभटेनी ग्रूपले यस अघि सञ्चालनमा ल्याएको ललितपुरको सातदोबाटो तथा काठमाडौंको चुच्चेपाटी, बालाजु, अनामनगर र त्रिपुरेश्वरस्थित आउटलेट भने बन्द नै रहने छन् ।

भाटभटेनी ग्रूपले उपत्यकाबाहिर पनि विराटनगर, धरान, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगन्जमा पनि भाटभटेनी सुपरस्टोरको नामबाट आउटलेट सञ्चालन गरेको छ । उपत्यकाबाहिरका आउटलेट पनि खुला रहनेछन् ।

प्राणघातक रोग कोभिड–१९ निम्त्याउने कोरोना भाइरस संक्रमणको त्रासले मुलुक लकडाउनमा गएपछि भाटभटेनीले उपत्यकाका आउटलेटहरु बन्द गरेर होम डेलिभरी सेवा दिँदै आएकोमा अब स्टोर खोलेरै सेवा दिन लागेको हो ।

उल्लेखित आउटलेटहरु बिहान १० बजेदेखि साँझ ७ : ०० बजेसम्म स्टोर खुल्नेछन् । कोरोना संक्रमण रोकथामका लागि पर्याप्त सावधानी अपनाएर आउटलेट सञ्चालन गरिने उक्त कम्पनीले बताएको छ । एकपटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने र त्यसमा पनि समाजिक दुरि कायम गर्ने नीति लिइएको पनि उक्त कम्पनीले बताएको छ ।

लककडाउनको कारण सिर्जित विषम परिस्थितिमा ग्राहकको गुणस्तरीय सामान खरीद गर्ने चाहनालाई मध्यनजर गर्दै स्टोर खुला गर्ने निर्णय गरिएको हो,’ पौडेलले भने, ‘स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ, ग्राहकले सामाजिक दुरि कायम गरेर ढुक्कले सामान खरीद गर्न सक्नुहुन्छ ।’

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्