Logo
१६ बैशाख २०८१, आईतबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन प्रभाव : पुननिर्माण प्राधिकरणको अन्तरराष्ट्रिय सम्मेलन स्थगित

कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दी (लकडाउन)का कारण नेपालको पुननिर्माण सम्बन्धी आयोजना गर्न लागिएको राष्ट्रिय विचार गोष्ठी स्थगन गरिएको छ ।

पुननिर्माण सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको पूर्वतयारीका क्रममा यही वैशाख १० देखि १२ गतेसम्म राष्ट्रिय पुननिर्माण प्राधिकरणले यहाँ राष्ट्रियस्तरको गोष्ठी आयोजना गर्ने तयारी गरेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण विषम परिस्थिति उत्पन्न भएकाले गोष्ठी स्थगन गरिएको सम्मेलन सचिवालयका सदस्य सचिव एवं प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

विसं २०७७ मङ्सिर १२ देखि १४ ९सन् २०२० नोभेम्बर २७ देखि २९० सम्म नेपालको पुननिर्माण सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम रहेको उनले बताए ।

गोष्ठी स्थगनबाट पर्न गएको असुविधा प्रति प्राधिकरणले दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्