Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्पद्वारा ‘ओपनिङ अप अमेरिका अगेन’ योजना सार्वजनिक, प्रतिबन्ध हटाउन ३ चरणको प्रस्ताव पेस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ओपनिङ अप अमेरिका अगेन’ योजना सार्वजनिक गर्दै देशमा सामान्य जनजीवन सुरु गर्नको लागि ३ चरणको प्रस्ताव पेस गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ‘ओपनिङ अप अमेरिका अगेन’ योजना सार्वजनिक गर्दै स्कुल र कार्यालय फेरि खोल्नको लागि ३ चरणको प्रस्ताव पेस गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

योजना अनुसार सबै चरण कम्तीमा पनि १४ दिन लागू हुनेछ । साथै सबै राज्यले यी सुझावको बारेमा विचार गर्न पनि ट्रम्पले आग्रह गरेका छन् ।

लामो समय अर्थव्यवस्था बन्द गर्नु कोरोना सङ्कटसँग लड्ने उचित उपाय नभएकाले अघि बढ्नुपर्नेमा उनको जोड रहेको छ ।

योजनाको पहिलो चरणमा सामाजिक दुरी कायम गर्दै स्कुल र कार्यालय खोल्ने उल्लेख रहेको छ । यसो गर्दा राज्यमा सङ्क्रमण हुने दर कम भए दोस्रो चरणको बारेमा सोच्न सकिने राष्ट्रपति ट्रम्पको भनाइ छ ।

योसँगै सीमित सङ्ख्यामा कर्मचारीलाई कार्यालय जाने दिने तर ५० जनाभन्दा धेरै मानिस एक ठाउँमा जम्मा हुन भने पाउने छैनन् ।

तेस्रो चरणमा सबै कार्यालय सामान्य रुपमा खोल्न अनुमति दिइने खबरमा उल्लेख छ । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट ३२ हजारभन्दा धेरैको मृत्यु भएको छ भने ६ लाख ६७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्