Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायतमा ३ हप्ताको लागि लकडाउन थप गर्ने घोषणा

र्बतमान समयमा विश्व यतिबेला कोरोना भाइरसले विश्व आक्रान्त बनाई थलापारीरहेको अवस्थामा बेलायतमा पनि लकडाउनको समय ३ हप्ता थप गरेको छ ।

विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस (कोभिड १९) थप फैलिन नदिन कम्तीमा ३ हप्ता लकडाउन थप्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाको सङ्क्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन् ।

कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आए, सङ्क्रमितको सङ्ख्या घटे र कोरोनाको सङ्क्रमण देशको लागि खतरा छैन भन्ने यकिन नभएसम्म लकडाउन थपिरहने पनि विदेशमन्त्री राबको भनाइ छ ।

प्रधानमन्त्री जोनसन भने कोरोना निको भएर आराम गरिरहेका छन् । बेलायतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण १३ हजारभन्दा धेरैको ज्यान गएको छ ।

त्यस्तै एक लाख तीन हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्