Logo
१५ बैशाख २०८१, शनिबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशंकित विदेशी तथा स्वदेशी बस्दै आएका सवै मस्जिद सुनसरी प्रहरीले खाली गरायो

प्रदेश १ स्थित सुनसरी प्रहरीले जिल्लाका विभिन्न मस्जिदमा आश्रय लिएर बसेका स्वदेशी तथा विदेशी नागरिकहरुलाई मस्जिदबाट हटाउदै खाली गराएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मस्जिदलाई क्वारेन्टाईन बनाएर राखिएका सवै जनालाई हटाएर सरकारले बनाएका क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

सुरक्षा समितिको बैठकको निर्णय अनुसार मस्जिदमा रहेका सवै विदेशी नागरिकलाई स्वाव परिक्षणका धरान र इटहरी लगिएकाले उनीहरुलाई सुनसरी र मोरङ्गका विभिन्न क्वारेन्टाईनमा राखिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले सुनसरीका मस्जिदमा बसाई सराई गर्दै बस्ने क्रम बढेपछि मस्जिद भित्र कसैलाई पनि राख्न नपाउने गरि आजैदेखि खाली गराईएको बताए ।

प्रहरी उपरिक्षक पोखरेलले कोरोना सक्रमणको जोखिम सामुहिक बसाई रहेको स्थानमा बढी हुने भएकाले मस्जिद खाली गरिएको भन्ने अर्थलाई गलत ढङगले लिन भने नहुने बताए ।

सुनसरीको हरिनगर, दुहवी, इटहरी, बर्जु र भोक्राहाका विभिन्न मस्जिदहरुमा भारतीय र पाकिस्तानी नागरिक सहित बंगालीहरु बस्दै आएको फेला परेका थिए ।

मस्जिदमा बाहिरका मानिसहरु राख्दा स्थानिय व्यत्तीहरुको आवतजावत हुदा सक्रमण सर्ने फैलिने सम्भावना देखिएकाले कुनैपनि मस्जिदमा कोही कसैलाई राख्न पाइने छैन् ।

लुकीछिपी बस्दै आएको भेटिए कानुन बमोजिम कार्वाही गरिने समेत प्रशासनले जनाएको छ ।
सुनसरी प्रशासनमा दर्ता भएका ८१ वटा मस्जिदमा प्रशासनले लुकीछिपी कोही व्यक्ति बस्दै आएको भए जानकारी गराउन समेत मुस्लिम अगुवाहरु समक्ष आग्रह गरेको छ ।

प्रशासनले मुस्लिम समुदायलाई मस्जिदमा भिडभाड नगरी सकेसम्म घरमै बसी प्राथना गर्न भनेको छ ।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्