Logo
१६ बैशाख २०८१, आईतबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सुरक्षा भत्ता नदिदा दुहबीका असक्त, एकल महिला र ज्येष्ठ नागरिक थप पिडामा

सुनसरीको दुहबीमा रहेको कृषि बिकास बैंकले सामाजिक सुरक्षा भत्ता भुक्तान नदिदा दुहबीमा रहेका असक्त,एकल महिला र ज्येष्ठ नागरिक ठुलो मार्कामा परेका छन्।

बिहीवार उक्त बैंक अगाडी सरोकारवालाहरुलाई पहल गरि दिन हुन आग्रह गर्नु हुँदै दुहबीका यी दुई आमा छोरीले दुखेसो पोख्नु भयो । यी आमा असक्त ज्येष्ठ नागरिक हुनु हुन्छ भने छोरी आँखा देख्न सक्नु हुन्न ।

यी आमा रुनु भए पछि भिडियो लिन गारो भएको थियो । कस्तो बिडम्बना ! कृषि बिकास बैंकका सुरक्षागार्डका अनुसार लकडाउन भरी बैंक बन्द हुने सूचना जारी भएको भएपनि बैशाख ७ गते बैंक खुल्ने कुरा हुँदैछ त्यो बेला यो समस्या समाधान गराउन पहल गरि दिने आश्वासन दिए ।

दुहबी ५ मा रहेको सो बैंकको विषयमा दुहबी ५ का वडाअध्यक्ष रमेशकुमार रौनियारले दुहबी नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता पठाइ सकेकोले यो बैंकको गल्ती भएको बताए ।

फागुन मसान्त भित्रमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म न पाएको उनिहरु लगायत अन्य धेरै स्थानीयहरुको गुनासो छ ।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्