Logo
१६ बैशाख २०८१, आईतबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एप्पल कम्पनीले ल्यायो नयाँ आइफोन एसई, यस्ता छन् विशेषता

एप्पल कम्पनीले आफ्नो नयाँ सस्तो आइफोन मोडल एप्पल एसई बुधबार सार्वजनिक भएको छ ।

६४ जिबी, १२८ जिबी र २५६ जिबीमा उपलब्ध आइफोन एसईको मोडेल कालो, सेतो र रातो रंगमा उपलब्ध हुनेछ।

यसमा ४.७ रेटिना एचडी डिस्प्ले भएको, टच आइडी भएको, एल्मुनियम र ग्लास डिजाइमा बनेको आइफोन एसई पानी र धुलो प्रतिरोधी छ।

ब्याट्री क्षमता सम्बन्धी कुरा गर्दा यसमा फास्ट चार्जिङ र क्यूआइ सर्टिफाइड यसमा वायरलेस चार्जिङको सुविधा छ। १२ मेघापिक्सेल वाइड क्यामरामा इमेज प्रोसेसर र ए१३ बायोनिकको न्युरल इन्जिन प्रयोग भएको छ।

यसमा आइफोन ११ का जस्तै पोट्रेट मोड, लाइटिङ एफेक्ट र देफ्त कन्ट्रोल जस्ता विशेषताहरु समेत छन्।

कम्पनीले बजारमा यो फोन कहिले उपलब्ध हुन्छ भन्ने बारेमा कही जानकारी दिएको छैन्। अमेरिकामा अप्रिल १७ बाट यसको प्रिअर्डर सुरु हुँदैछ।

उक्त आइफोनको मूल्य भारतमा ४२ हजार ५०० सय निर्धारण गरिएको छ।

 

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्