Logo
५ जेष्ठ २०८१, शनिबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाराजगञ्जका डीएसपी लम्साललाई डाक्टर कुटपिट प्रकरणमा रानीपोखरी बोलाइयो

सरकारले यतिबेला कोरोना रोकथाम तथा नियन्त्रणको लागि यहिले लकडाउन लगाइरहेको बेला हिजो बुधबार लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले लम्साललाई छानविनका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी बोलाइएको बताए ।

बुधबार साँझ भएको घटनाबारे छानविनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन भएको थियो ।

समितिको प्रतिवेदनका आधारमा चिकित्सक कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही हुने भनिएको थियो । तर, समितिले अनुसन्धान थाल्नु अगावै लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

 

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्