Logo
२२ बैशाख २०८१, शनिबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा कोरोनाबाट २८ हजार ५ सय २६ जनाको मृत्यु, ६ लाख ४४ हजारभन्दा धेरै संक्रमित

पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु बनीरहेको अमेरिकामा अहिले सम्म ज्यान गुमाउनेको संख्या २८ हजार पाँच सय २६ पुगेको छ ।

कोरानाको इपिसेन्टर बनेको अमेरिकामा  कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ५५ पुगेको छ। विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ ।

वल्डोमिटरले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा एकै दिन ३० हजार भन्दा बढी संक्रमित थपिएका छन्।

सबै भन्दा धेरै न्यूयोर्कमा ११ हजार पाँच सय ८६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै न्यूयोर्क पछि न्यूजर्सीमा ३ हजार भन्दा बढीको ज्यान गएको छ।

न्यूयोर्कमा २ लाख १४ हजार संक्रमित छ। अमेरिकामा अहिलेसम्म ४८ हजार मानिस निको भएर घर फर्किएका छन्। अमेरिका पछि फ्रान्समा यसको महामारी भयावह हुँदै गएको छ।

त्यस्तै स्पेनमा १८ हजार ८ सय १२ जनाको मृत्यु भएको छ। बेलायतमा पनि मृतकको संख्या १२ हजार ८ सय ८६ पुगेको छ। त्यहाँ ९८ हजार चार सय ७६ जना संक्रमित छन्।

फ्रान्समा मृत्यु हुनेको संख्या १७ हजार १ सय ६८ पुगेको छ। एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन्। इटालीमा २१ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन्।

विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३४ हजार पाँच सय आठ पुगेको छ। २० लाख ८१ हजार भन्दा बढी मानिस संक्रमित छन्। त्यस्तै पाँच लाख नौ हजार भन्दा बढी मानिस निको भइसकेका छन्।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्