Logo
२२ बैशाख २०८१, शनिबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईएमएफको प्रक्षेपण : एसियाली देशको विकास दर १ दशमलव ३ प्रतिशत भन्दा कम हुने

अहिले पछिल्लो समयमा कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाएर अर्थतन्त्रमा ठूलो धक्का पुगीरहेको अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष एसियाली देशको विकास रोकिने भन्दै चिन्ता व्यक्त गरेको छ ।

आईएमएफका अनुसार विश्वमा ४ दशमलव ७ प्रतिशत विकास दर हुँदा एसियाली देशको विकास दर भने १ दशमलव ३ प्रतिशतभन्दा पनि कम हुने छ ।

आईएमएफले ६० वर्षयता पहिलो पटक यो वर्ष एसियाली देशको विकास दर शून्यमा झर्ने भन्दै चिन्ता व्यक्त गरेको हो ।

विश्व बैंकले दक्षिण एसियाली देशले ४० वर्षयताकै खराब आर्थिक सङ्कट खेपिरहेको चेतावनी दिएको एक दिनपछि आईएमएफको प्रक्षेपण सार्वजनिक भएको हो ।

 

तर कोरोना भाइरस रोक्ने नीति प्रभावकारी भए सन् २०२१ मा एसियाली देशको विकास दर बढ्ने आईएमएफले जनाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अहिले विश्वकै अर्थव्यवस्था ओरालो लागेको छ ।

केही दिनअघि मात्र आईएमएफले कोरोना भाइरसको महामारी विश्वकै लागि सन् १९३० को महामन्दीपछि ऐतिहासिक सङ्कट भएको बताएको थियो ।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्