Logo
२ जेष्ठ २०८१, बुधबार
(April 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेप्सीकोला स्थित सनसिटीमा अपार्टमेन्टमा बस्ने २९६ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

संघीय राजधानी काठमाडौ स्थित कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बसोबास गर्ने २९६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

पालिकाका मेयर कृष्णहरि थापाका अनुसार परीक्षण गरिएका मध्ये कसैको पनि रिपोर्ट पोजिटिभ आएको छैन।

मेयर थापाका अनुसार सो अपार्टमेन्टमा बस्ने सबै व्यक्ति तथा वरपर रहेका पसलधनीको पनि आरडीटी गर्नुपर्ने निष्कर्ष स्वास्थ्य सेवा विभागकाे टोलीको छ।

उनले आजका लागि भने परीक्षणको काम लगभग सकिएको र भोलि पुनः परीक्षण हुने बताए। आज अपार्टमेन्ट परिसरमा डिसइन्फेक्टेन्ट छर्किने काम पनि भएको छ।

बाहिर सडकतिर पनि डिसइन्फेक्टेन्ट छर्किइएको थियो। सबैको परीक्षण नभएसम्मका लागि उक्त अपार्टमेन्टलाई सिल नै गरेर राख्नेबारे छलफल भइरहेको थापाले बताए।

उनका अनुसार भवन सिल गरेर राखिएको अवस्थामा त्यहाँ बस्नेहरूका लागि अपार्टमेन्ट व्यवस्थापन समिति र वडा कार्यालयबीच समन्वय गरेर अवश्यक सामग्री पूर्ति गर्ने व्यवस्था मिलाइँदै छ।

वैशाख १ गते नगरपालिकाले विदेशबाट आएका ३६ जनाको परीक्षण गर्ने क्रममा सनसिटीमा बसोबास गर्ने एकै परिवारका तीन जनाको रिपोर्ट पोजिटिभ आएको थियो।

त्यसपछि पीसीआरबाट परीक्षण गर्दा ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। ५२ वर्षीया बुहारीको रिपोर्ट भने नेगेटिभ आएको थियो।

उनीहरू तीनै जना चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएका थिए। दुवै संक्रमितअहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा छन्।

प्रकाशित मिति: Apr 15, 2020

प्रतिक्रिया दिनुहोस्