Logo
२ जेष्ठ २०८१, बुधबार
(April 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक महिनाअघि बिदेशबाट चितवन आएका एक युवाको र्‍यापिड टेस्ट पोजेटिभ, ३९ जनाको जाँच

बागमती प्रदेश अन्तरगतको जिल्ला चितवनमा ३९ जनाको र्‍यापिड डाइग्नेष्टिक टेस्ट (आरडीटी) गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको हो ।

पोजेटिभ रिपोर्ट आएका मानिस एक महिनाअघि बिदेशबाट आएको गुञ्जमान सिंह अस्पतालले जनाएको छ ।

अस्पतालले आजै तीन थप जनाको टेस्ट गरेर भरतपुर पठाएपनि रिपोर्ट आइनसकेको जनाएको छ ।

पोजेटिभ देखिएकाको स्वाबको नमुना लिएर पुन परीक्षणका लागि पठाएको समेत जनाइएको छ ।

प्रकाशित मिति: Apr 15, 2020

प्रतिक्रिया दिनुहोस्