Logo
५ जेष्ठ २०८१, शनिबार
(April 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि दुई गाउँ पुरै सिल

प्रदेश नं २ स्थित सप्तरीमा दिल्लीबाट फर्किएका २ जनाको कोरोनाको र्‍यापिड टेष्ट गर्दा पोजेटिभ आएपछि सप्तरीका दुई गाउँ पुरै सिल गरिएको छ ।

दिल्लीबाट फर्किएर आफ्नो घरमा बसिरहेका ७ जनालाई प्रहरीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्‍यापिड टेष्ट गराएको थियो ।

उनीहरुमध्ये दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो भने अब त्यहाँ मानिस घर बाहिर निस्कन पाउँदैनन् ।

प्रशासकीय अधिकृत आनन्द ठाकुरका अनुसार, एन्टीबडी पोजेटिभ आएकाहरुको पारिवारका सदस्यको पनि टेष्ट गर्ने र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने निर्णय भएको छ ।

पोजेटिभ र नेगेटिभ रिपोर्ट आएका सबैलाई स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रकाशित मिति: Apr 15, 2020

प्रतिक्रिया दिनुहोस्