Logo
२२ बैशाख २०८१, शनिबार
(April 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोेरोना महामारीकै बीच दक्षिण कोरियामा आज संसदीय निर्वाचन सुरु

विश्वभरी अहिले माहामारीको चपेटामा परेको अवस्थामा पनि दक्षिण कोरियामा भने आज बुधबार संसदीय निर्वाचन सुरु भएको छ ।

अलजजीराका अनुसार विश्वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी चलिरहेकै अवस्थामा दक्षिण कोरियाले भने आवश्यक सतर्कता अपनाएर मतदान सुरु गरेको छ ।

स्थानीय समय अनुसार बिहान ६ बजेदेखि मतदान सुरु भएको हो ।मुलुकको राष्ट्रियसभाको लागि यो निर्वाचन भइरहेको छ ।

दक्षिण कोरियाको राष्ट्रियसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी ३ सय सिट छ । दक्षिण कोरियामा बुधबार नै मतदान गर्ने व्यवस्था पनि मिलाइएको थियो ।

दक्षिण कोरियामा कोरोना भाइरस फैलिन नदिन सबै मतदातालाई मास्क, पञ्जा, तापमान परीक्षण र सामाजिक दूरी कायम राख्नु अनिवार्य गरिएको छ । जसअनुसार उल्लेख्य संख्यामा मानिसहरुले सहभागिता जनाएका थिए ।

कोरोना भाइरस नियन्त्रण गर्न सफल बनेसँगै दक्षिण कोरियामा डेमोक्रेटिक पार्टीलाई केही फाइदा पुग्न सक्ने अपेक्षा छ । बुधबार साँझसम्म दक्षिण कोरियामा निर्वाचनको नतिजा आउने बताइएको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको कारण अहिलेसम्म १० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २२२ जनाको मृत्यु भइसकेको छ ।

 

प्रकाशित मिति: Apr 15, 2020

प्रतिक्रिया दिनुहोस्