Logo
२२ बैशाख २०८१, शनिबार
(April 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यूएईले १ मार्चपछि भिसाको म्याद सकिएकालाई २०२० भरि नै मान्यता दिने

खाडिमुलुक अन्तरगत रहेको यूएईले १ मार्चपछि भिसाको म्याद सकिएकालाई २०२० भरि नै मान्यता दिने भएको छ ।

यूएई भित्रै भए पनि या बाहिर भए पनि यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएको भएमा सन् २०२० भरि नै अवधि थपिने खबर यूएईको सरकारी निकायलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ ।

अब यो नियम लागू भएसँगै बिदामा घर र्फकेको तर कोरोनाका कारण यूएई फर्कन नपाउँदा मार्च १ पछि भिसाको अवधि सकिएको भएमा ३१ डिसेम्बर सन् २०२०सम्म भिसाको अवधि कायम हुनेछ ।

कोरोनाका कारण उत्पन्न समस्या र यसबाट बच्नका लागि यो नियम ल्याइएको यूएईको भनाई छ ।

यस्तै यूएईको आइडीको म्याद पनि मार्च एकभन्दा पछि सकिएको भएमा यही नियम लागू हुनेछ । तर मार्च एक भन्दा अघि नै भिसा र आइडीको म्याद सकिएको भएमा यो नियम लागू हुने छैन ।

प्रकाशित मिति: Apr 14, 2020

प्रतिक्रिया दिनुहोस्