Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोनाबाट ३ सय ५० भन्दा धेरैको मृत्यु, १० हजारभन्दा बढी सङ्क्रमित

पछिल्लो समयमा विश्वमाहामारी फैलिएको कोरोनाबाट विश्व आक्रान्त भएको भएको बेला भारतमा पनि १० हजारभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतीय सञ्चारमांध्यमका अनुसार भारतमा अहिलेसम्म १० हजार २३ जना सङ्क्रमित भएका छन् ।कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ३ सय ५० भन्दा धेरैको मृत्यु भएको छ भने १ हजार ३५ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै यसअघि घोषणा गरिएको २१ दिने लकडाउन आज पूरा हुँदै छ ।पछिल्लो समय भारतमा भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार बिहान देशको नाममा सम्बोधन गर्दै आउँदो मे ३ सम्मका लागि लकडाउनको अवधि बढाएका छन् ।

सम्बोधनका क्रममा मोदीले लकडाउनको कारण नागरिकलाई निकै कष्ट भइरहेको बताए । साथै उनले व्यक्ति व्यक्तिबीचको दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताए ।

प्रधानमन्त्री मोदीले लकडाउनको अवधि बढेपछि थप सतर्क रहनुपर्ने बताए । लकडाउनलाई अझ कडा गरिने र आउँदो अप्रिल २० देखि लकडाउनको कत्तिको पालना भइरहेको छ भनेर मूल्याङ्कन हुने बताए ।

यदि लकडाउनको पूर्ण पालना भएमा अप्रिल २० देखि शर्तका साथ केही राहत दिइने प्रस्ट पारे ।

 

 

प्रकाशित मिति: Apr 14, 2020

प्रतिक्रिया दिनुहोस्