Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

औषधि तथा उपकरण खरिदमा सघाउन चीनसँग नेपाल सरकारको आग्रह

पछिल्लो समयमा कोरोनाले विश्व आक्रान्त बनाएको अवस्थामा नेपालमा पनि यसको संक्रमण बढ्दोक्रमा रहेको छ । सो सरकारले कोरोना भाइरस विरुद्धको अभियानका लागि औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग प्रस्ताव अनुरोध गरेको छ ।

सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रूत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार-सरकारबीच हुने जीटूजी (‘गभर्मेन्ट टु गभर्मेन्ट’ दुई सरकारका बीच) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरणको लागि मन्त्री ज्ञवालीले आग्रह गरेका छन् ।

दुवै देशका विदेश मन्त्रीले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन पनि छलफल गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 14, 2020

प्रतिक्रिया दिनुहोस्