Logo
५ जेष्ठ २०८१, शनिबार
(April 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना असर : अमेरिकामा रोजगारी गुमाउनेको संख्या १ करोड ६८ लाख पुग्यो

र्बतमान समयमा कोरोना भाइरस महामारीका कारण संयुक्त राज्य अमेरिकामा उद्योग व्यवसाय बन्द भएपछि रोजगारी गुमाउनेको संख्या १ करोड ६८ लाख पुगेको छ ।

विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोना भाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् ।

यहाँ १ करोडभन्दा बढीले रोजगारी गुमाइसकेका छन् । यसको अर्थ प्रत्येक १० जना अमेरिकी कामदारमध्ये १ जनाले रोजगारी गुमाएका छन् ।

अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएका छन् ।

यो संख्या सन् १९४८ यताकै सबैभन्दा ठूलो हो । लक डाउनका कारण काम नगर्ने र उद्योगधन्दा बन्द हुने दुवै कारणले बेरोजगारी बढेको हो ।

अझै धेरैको रोजगारी गुम्ने खतरा देखिएको छ । अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्ने अनुमान छ । यो अवस्था यो १९४८ को विश्वव्यापी मन्दी (ग्रेट डिप्रेसन) को अवस्थापछि पहिलो पटक देखिएको हो ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकी अर्थव्यवस्था तत्कालै सही ठाउँमा आउने दाबी गरेका छन् । अमेरिकी केन्द्रीय बैंकले पनि घरायासी र व्यवसायलाई लक्षित गरी करिब २३ खर्ब डलर बराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति: Apr 10, 2020

प्रतिक्रिया दिनुहोस्