Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र मोदीबीच टेलिफोन संवाद : एक अर्काका नागरिकहरुलाई हेरचाह गर्ने सम्झदारी

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्ष नरेन्द्र मोदीसँग टेलिफोनबाट कुराकानी गरेका छन्। ओलीले शुक्रबार भारतीय प्रधानमन्त्रीसँग कुरा गर्दै कोरोना भाइरसविरुद्धको लडाइलाई थप प्रभावकारी बनाउने सहमति गरेका छन्।

टेलिफोन कुराकानीबारे जानकारी गर्दै प्रधानमन्त्री ओलीले ट्वीट गरेका छन्, ‘कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं।’

दुई प्रधानमन्त्रीबीच एक अर्काका देशमा रहेका नागरिकहरुलाई राम्रो हेरचाह गर्ने सहमति भएको छ।

‘लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं।

आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो, प्रधानमन्त्री ओलीले ट्वीटमा उल्लेख गरेका छन्।

उनले भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि धन्यवादसमेत दिएको जानकारी दिए। कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल र भारत दुवै देशमा वैशाख ३ गतेसम्म लक डाउन घोषणा गरिएको छ।

प्रकाशित मिति: Apr 10, 2020

प्रतिक्रिया दिनुहोस्