Logo
५ जेष्ठ २०८१, शनिबार
(April 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले औषधि दिने भएपछि ट्रम्पले दिए मोदीलाई धन्यबाद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यबाद दिएका छन् । भारतले मलेरियाविरुद्ध प्रयोग हुने औषधि हाइड्रोक्सिक्लोरोक्वीनको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि ट्रम्पले मोदीको प्रशंसा गरेका हुन् ।

यसअघि उनले शनिबार मोदीसँग टेलिफोन संवाद गरी हाइड्रोक्सिक्लोरोक्वीनको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका थिए। त्यसको केही दिनपछि उनले प्रतिबन्ध फुकुवा नगरेमा कडा कारवाही गर्ने चेतावनी ट्रम्पले दिएका थिए।

ट्रम्पको चेतावनीको केही घण्टापछि भारतले हाइड्रोक्सिक्लोरोक्वीनसहितका औषधिको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको थियो।

हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसविरुद्धको उपचारमा पनि प्रभावकारी हुने देखिएको दाबी गरिएको छ । वैज्ञानिकले यसको प्रभावकारिता पुष्टि नगरेपनि ट्रम्पले भने यसको प्रयोग गर्नु पर्नेमा लगातार जोड दिँदै आएका छन्।

अमेरिकाले सो औषधि खरिद गरेर स्कटमा राख्ने बताएको छ। हाइड्रोक्सिक्लोरोक्वीन औषधिको उत्पादन भारतमा अधिक मात्रामा हुन्छ। तर भारतमा खपत पनि उस्तै मात्रामा हुने गरेको छ।

प्रकाशित मिति: Apr 9, 2020

प्रतिक्रिया दिनुहोस्