Logo
२२ बैशाख २०८१, शनिबार
(April 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना असर : डलरको भाउ अहिलेसम्मकै महँगो

आज नेपाली बजारमा बिहीबार अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को बिक्री दर १ सय २२ रुपैयाँ ५० पैसा तोकेको छ ।त्यस्तै बिहीबार अमेरिकी डलर १ को खरिद दर १ सय २१ रुपैयाँ ९० पैसा तोकेको छ ।

बुधबार अमेरिकी १ डलरको बिक्री दर १ सय २१ रुपैयाँ ३१ पैसा थियो ।अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि नेपाली रुपैयाँ पनि कमजोर बनेको हो ।

केही महिनायता कोरोना भाइरसका कारण विश्व बजार प्रभावित छ । अमेरिकी डलरको माग बढेपछि मूल्य पनि बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: Apr 9, 2020

प्रतिक्रिया दिनुहोस्