Logo
५ जेष्ठ २०८१, शनिबार
(April 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्युयोर्कमा कोरोनाबाट मृत्यु हुने संख्याको क्रमबढ्दो : एकै दिन ७ सय बढी मृत्यु

अहिले कोरोना भाइरसले विश्वमाहामारी रुपलिइएर विश्वलाई नै आतंकित बनाइरहेको अवस्थामा पछिल्लो समयमा अमेरिको शहर न्युयोर्क कोरोना भाइरस को सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकाको न्युयोर्कमा भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेकोसङ्ख्या लगातार बढिरहेको छ ।मङ्गलबार एकैदिन न्युयोर्कमा ७ सय ३१ जनाको मृत्यु भएको छ ।

न्युयोर्कमा भाइरसको प्रकोप देखिएपछि एकैदिन ज्यान गुमाउनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । योसँगै न्युयोर्कमा मात्रै भाइरसको सङ्क्रमणबाट ५ हजार ४ सय ९८ जनाको ज्यान गएको छ ।

न्युयोर्क राज्यका गभर्नर एण्ड्रयु कुमाले न्युयोर्कवासीहरुलाई मानिस मानिसबीचको दुरी कायम गर्न र घरभित्रै बस्न सचेत गराएका छन् ।

‘हामीले यसलाई कडा रुपमा पालना गर्नुपर्छ किनकि जीवन यसमै निर्भर छ’, उनले भने ।पछिल्लो दुई दिनयता न्युयोर्कमा सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट ४ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने १२ हजार ८ सय जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये २१ हजार ६ सय ७४ जना निको भएका छन् ।

प्रकाशित मिति: Apr 8, 2020

प्रतिक्रिया दिनुहोस्