Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनासँग लड्न दातृ निकायबाट ४१ अर्ब सहायता लिर्दै सरकार

कोरोना भाइरससँग लड्न सरकारले दातृ निकायबाट ४१ अर्ब बराबरको सहायता लिने तयारी थालेको छ ।

विकास साझेदार निकाय विश्व बैंक, एशीयालि विकास बैंक (एडीबी) अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग अर्थमन्त्रालयले गृहकार्य अघि बढाएको हो ।

‘अहिलेसम्म ४१ अर्ब बराबरको सहायता खोज्नका लागि छलफल अघि बढाएका छौं, सहयोग गर्न दातृ निकायहरु इच्छुक हुनुहुन्छ,’ अर्थमन्त्रालयका एक उच्च अधिकारीले बताए ।

उनका अनुसार सबैभन्दा बढि विश्व बैंकसँग रु.२४ अर्ब २२ करोड, एशियाली विकास बैंकसँग रु.७ अर्ब २६ करोड, अन्तर्राष्ट्रिय मुद्रा कोषसँग रु.१३ अर्ब ९ करोड ल्याउन छलफल अघि बढाइएको छ ।

आज आपत्कालीन, महामारी, पूर्वतयारी तथा नियन्त्रण योजनाअन्तर्गत करीब ३ अर्ब ४३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलव्ध गराउनेबारे विश्व बैंकसँग समदारी भएको छ ।

यसअघि विश्व बैंकले प्राकृतिक प्रकोप तथा स्वास्थ्यसम्बन्धी विपद् न्यूनिकरणका लागि नेपाल सरकारलाई ६ अर्ब रुपैयाँ बराबरको ऋण सहयोग गरिसकेको छ ।

रोगबाट पर्ने जोखिम व्यवस्थापनका लागि सरकारले आफ्नो क्षमता विकासमा समेत यो रकम खर्च गर्दैछ ।

प्रकाशित मिति: Apr 7, 2020

प्रतिक्रिया दिनुहोस्