Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानपावर व्यवसायीको जालोमा फस्दै सरकार

सरकार म्यानपावर व्यवसायीको जालोमा फस्ने खतरा देखिएको छ । पूर्व श्रममन्त्री गोकर्ण विष्टले गरेका निर्णयहरु उल्टाउन वर्तमान श्रममन्त्री रामेश्वर राय यादप उद्धत देखिएका हुन ।

उच्च स्रोतका अनुसार एक सय जना कामदार पठाउन नसक्ने म्यानपावर कम्पनी खारेज हुने व्यवस्था विष्ट श्रममन्त्री हुदाँ भएको थियो तर यादव पछिल्लो समय उक्त व्यवस्था उल्टाउन लागेका छन ।

सरकारले ऐन संशोधन गरेर एक वर्षमा एक सय जना कामदार पठाउन नसक्ने म्यानपावर कम्पनी खारेज गर्ने व्यवस्था हटाउन लागेको मन्त्रालय स्रोत बताउछ ।

उता म्यानपावर व्यवसायी यसबारेमा लर्बिङ पनि तिव्र पारेका छन । ‘वैदेशिक रोजगार ऐन, २०६४ संशोधनमार्फत यो प्रस्ताव गरेका छौं’, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले भने, ‘यसबाहेक पनि व्यवसायीलाई अप्ठ्यारो परेका कुराहरु हटाउने तयारी भइरहेको छ ।’

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्