Logo
४ असार २०८१, सोमबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुबई २ साताका लागि लकडाउन : निशुल्क सार्वजनिक बस संचालन, भाडामा ५० प्रतिशत छुट

हिजो रातिदेखि दुबईमा दुई साताका लागी लकडाउन गरिएको छ।

युएईको प्रमुख पर्यटकीय राज्य दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुईसाताका लागि व्यापार-व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको हो।

खाद्य सामाग्री खरिद गर्न एक परिवारबाट एकजना मात्रै बाहिर निस्कन पाउनेछन्। सबैलाई मास्क लगाएर सामाजिक दुरि कायम राख्न आग्रह गरिएको छ। बैंकिङ क्षेत्र, मनि एक्सचेञ्ज, मर्मत सेवा तथा लन्ड्री सेवालाई बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुन पाउने छुट दिइएको छ।

यसैगरी महत्त्वपूर्ण क्षेत्रमा कार्यरत कामदारहरुको सहजताका लागि दुबईको सडक तथा यातायात प्राधिकरणले निशुल्क सार्वजनिक बस संचालन गर्ने जनाएको छ। प्राधिकरणले ट्याक्सी भाडामा समेत ५० प्रतिशत छुट दिईने बताइएको छ।

लकडाउनको अवधीभर स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्रहरु, औषधि कारखाना, एयरपोर्ट, टेलिकम्युनिकेसन क्षेत्र, मिडिया लगायतका महत्त्वपूर्ण क्षेत्रहरु भने संचालन हुनेछन्।

यस अवधिमा अत्यावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन अनुमति छैन।

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्