Logo
२० बैशाख २०८१, बिहीबार
(April 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७३ देशका नागरिकलाई जापान सरकारद्वारा प्रवेशमा प्रतिबन्ध

अहिलेको बर्तमान समयमा कोरोना भाइरसको विश्वमाहामारी भएको अवस्थामा  दक्षिण एशियाली मुलक अन्तरगत रहेको जापानमा पनि जापानी सरकारले आफ्नो देशमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति प्रवेश नगरुन् भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशका नागरिकलाई जापान भित्रिन प्रतिबन्ध लगाइएको बताएका छन् । प्रतिबन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एसियाका सात देश लगायत छन् ।

जापानमा मङ्गलबार पनि ७८ जना नयाँ बिरामी भेटिएका थिए । राजधानी टोकियोमा बुधबार कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेका हो ।

स्वास्थ्य अधिकारीहरुका अनुसार जापानमा अहिलेसम्म कोरोनाबाट २१ सय ७८ जना सङ्क्रमित भएका छन् भने ५७ जनाको मृत्य भएको छ ।

अत्यावश्यक बाहेकका भ्रमणहरु नगर्न पनि प्रधानमन्त्री आवेले सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: Apr 2, 2020

प्रतिक्रिया दिनुहोस्