Logo
५ जेष्ठ २०८१, शनिबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको उपचार सामग्री लिएर उडेको सेनाको स्काई ट्रकमा धुँवा आएपछि बीच बाटोबाटै फर्कियो

नेपाल सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण र औषधि लिएर प्रदेश १ मा गएको नेपाली सेनाको हेलिकोप्टर स्काई ट्रकमा प्राविधिक समस्या आउदा बीचबाटै फर्किएको छ

सोमबार बिहान मास्क (मुखावरण), स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर उडेको हेलिकोप्टरमा पिरो धुँवा आएपछि बीच बाटोबाटै फर्काइएको स्रोतले जनाएको छ । स्रोतका अनुसार हेलिकोप्टरमा रहेको क्लोरिन गनाउन थालेपछि फर्काइएको हो ।

चीनबाट ल्याइएका पाँच वटा पीसीआर मेसिनमध्ये चार वटा प्रदेश दुई, प्रदेश पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पठाउने र एउटा काठमाण्डौमै तयारी अवस्थामा राख्ने सरकारले जनाएको छ ।

सोमबार नै केही सामग्री र उपकरण लिएर सेनाको अर्को स्काई ट्रक सुर्खेत गएको छ ।अहिले क्लोलिन निकालेर अरु सामान फेरि पठाउने तयारी भैरहेको छ ।

सरकारले आजै सुदूरपश्चिम प्रदेशमा हवाई मार्गबाट र बुटवल, पोखरा, हेटौँडा र जनकपुरमा स्थल मार्गबाट सेनाको स्काई ट्रकमा औषधि र उपकरण पठाउने तयारी गरेको छ ।

यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पनि कोरोनाको परीक्षण सुरु गरिएको छ । यस्तै प्रदेश ३ को हेटौँडामा पनि परीक्षण केन्द्रका लागि सोमबार सामान पुग्ने प्रदेश सरकारले जनाएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार लामा दुरीमा हवाई मार्गबाट र छोटो दुरीमा स्थल मार्गबाट सामान पठाउने तयारी छ । उपकरण पठाएपछि सम्बन्धित प्रदेशमा कोरोनाको परीक्षण गर्न सुरु गरिनेछ ।

 

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्