Logo
५ जेष्ठ २०८१, शनिबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रसुवाको रसुवागढी नाकामा हेल्थ डेस्क भवन निर्माण, आजदेखि सञ्चालन

बाग्मती प्रदेश स्थित रसुवा जिल्लाको सुवागढी नाकामा हेल्थ डेस्क सञ्चालनका लागि प्रिफ्याब भवन निर्माण भएको छ । भवनको अभावमा परीक्षण गर्न समस्या भएपछि आइतबारदेखि नयाँ भवन सञ्चालनमा ल्याइएको हो ।

एउटा हलसहित २ वटा कोठा निर्माण भएको छ । चीनतर्फ स्वास्थ्य परीक्षणका लागि सुविधा सम्पन्न भवन भए पनि नेपालतर्फ अस्थायी टहराबाट सेवा प्रदान गरिँदै आएको थियो ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रिफ्याब भवन निर्माणका लागि ३९ लाख ५० हजार रुपयाँ बजेट उपलब्ध गराएको थियो । मन्त्रालयले बजेट उपलब्ध गराएपछि एसबीआई कम्पनीले भवन निर्माण गरेको हो ।

भवन निर्माण भएसँगै कोरोना भाइरस (कोभिड-१९) को परीक्षणमा सहज हुने विस्वाश लिइएको अस्पताल विकास समिति रसुवाका अध्यक्ष रामशरण कुइँकेलले बताए । लागि भवन निर्माण भएको छ ।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्