Logo
२२ बैशाख २०८१, शनिबार
(March 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लकडाउन’ ले दैनिक ज्यालादारीमा चल्नेहरुको अवस्था विजोग !

घर बनाउने कर्मीको काम गर्ने रामेछापका रामेश्वर र्पौडेल काठमाडौंमा डेरा गरी बस्छन्। लकडाउनको घोषणा हुने अघिल्लो दिनसम्म पनि उनी बानेश्वरमा एउटा घरको छत ढलान गर्ने समूहमा थिए।

दिनभरी छतमा ढलानको लागि काठ ठोकेर डेरा फर्किएका राम भोलिपल्ट साइटमा आइपुग्दा लकडाउनको घोषणा भइसकेको थियो। छत ढलान गर्न चाहिने निर्माण सामाग्री र मिक्सर ल्याउने सम्भावना रहेन। घरधनीले पनि काम रोके। योसँगै रामको पूरै टोली त्यही दिनदेखि बेकारी भए। निराश अनुहार बनाएर साइटबाट डेरा तिर फर्किदै गर्दा उनले भने-कोरोना भाइरसको लकडाउन रे। अब घर जान नि पाइएन काम नि पाइएन। कतिन्जेल यसै बस्न सकिएला र १ भोकभोकै पर्ने भइयो।

रामजस्ता हजारौं दैनिक गुजारामा चलेका मानिसहरुलाई लकडाउनको एक साताको समय कहिले बित्ला र काममा फर्किन पाइएला भन्ने चिन्ताले सताइरहेको छ।

अचानकको लकडाउनले उनीजस्ता निर्माण क्षेत्रमा खटिएका दैनिक मजदुर मात्र होइन ठेलागाडामा सामान बेच्नेहरु, भरिया, सडकमा बसेर जुत्ता पालिस गर्नेहरु, सेक्युरिटी गार्ड, ट्याक्सी चालक, सार्वजनिक सवारीका चालक तथा सहचालक, ससाना हस्तकलाका कारखानामा काम गर्ने कामदारहरु, सरसफाई मजदुर, कृषि कामदार तथा घरेलु कामदारहरुको रोजीरोटी खोसिएको छ। यस्तै पर्यटन क्षेत्रका गाइड, फोटोग्राफर पर्यटकलाई घुमाउन लैजानेहरुको पनि दैनिकी ठप्प भएको छ।

होटल रेष्टुरेन्ट बन्द भएसँगै त्यहाँ काम गर्ने होटर मजदुरहरु पनि घरमै थन्किएका छन्। दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको न पेन्सन हुन्छ, न बिरामी बिदा, न त घर बिदा। न त उनीहरुले कुनै किसिमको बीमा सुविधा नै पाउँछन्।

होम क्वारेन्टाइनमा बस्न मासिक तलब आउने वा बिदामा बस्दा पनि पैसा आइरहेका वर्गलाई त समस्या नहोला तर यस्ता मजदुर तथा दैनिक ज्यालादारी कमाइमा गुजारा गर्नेहरु भोकभोकै पर्न थालेका छन्।

प्रकाशित मिति: Mar 28, 2020

प्रतिक्रिया दिनुहोस्