Logo
२२ बैशाख २०८१, शनिबार
(March 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा आलु प्याज कालोबजारी गर्ने ११ जना पक्राउ

अहिले सरकारले कोरोनाको जोखीम थोकथाम गर्न देश भरिनै लकडाउन लगाएको छ । सो प्रदेश नं २ स्थित धनुषामा लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामान बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ ।

बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिचार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विगत केही दिनदेखि जनकपुरधाममा हरियो तरकारीको पनि मूल्यमा अप्रत्याशितरूपमा वृद्धि भएको छ । काउली प्रतिकिलो ५० रुपैयाँमा, हरियो खुर्सानी प्रतिकिलो रु २४० र त्यही अनुपातमा अन्य तरकारीको पनि मूल्यमा वृद्धि भएको उपभोक्ता पशुपतिनाथ झाले जानकारी दिएका छन् ।

उनीहरूले प्रतिकिलो ४५ रुपैयाँमा पाइने आलु प्याज ८० रुपैयाँमा, प्रति सिलिण्डर १ हजार ३५० रुपैयाँमा पाइने खाना पकाउने ग्यास १ हजार ७०० रुपैयाँमा र ५० रुपैयाँको रिचार्ज कार्ड ६० रुपैयाँमा बिक्री गरिरहेको समयमा जनकपुरका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: Mar 27, 2020

प्रतिक्रिया दिनुहोस्