Logo
२२ बैशाख २०८१, शनिबार
(March 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको चौथो दिन : उल्लंघन गर्ने १०५ सवारीसाधान प्रहरी नियन्त्रणमा

कोरोना भाइरसको जोखीम नियन्ण तथा रोकथाम गर्नको लागि सरकारले लकडाउन घोषण गरेको आज चौथो दिन हो । सो आज काठमाण्डौ उपत्यकाबाट २ घण्टामा १ सय ५ वटा गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान ८ बजेसम्ममा ९८ वटा मोटरसाइकल र ७ वटा चार पाङग्रे गाडीसहित १ सय ५ वटा गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सिङ्गो परिवार र आफन्तको लागि लकडाउन पालना गर्न सरकारले आग्रह गर्दै आएको छ ।

प्रहरीका अनुसार गाडी नियन्त्रणमा लिएर चालकलाई फर्काइएको छ । उनीहरुलाई ‘लकडाउन’ को बेलामा गाडी चलाएकाले कारबाही स्वरुप गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गाडी बेलुकी फिर्ता गरिनेछ । कोरोना सङ्क्रमण रोकथामको लागि लकडाउन गरिएकाले पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: Mar 27, 2020

प्रतिक्रिया दिनुहोस्