Logo
२२ बैशाख २०८१, शनिबार
(March 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरानले सुरु गर्यो विदेशबाट आएका नागरिक खोज्न

प्रदेश नं २ स्थित सुनसरीको धरानमा विदेशबाट आएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन शुरु गरिएको छ ।

गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विदेशबाट आएका व्यक्तिको खोजी तीव्ररुपमा बनाएको हो ।

प्रत्येक वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन गरिरहेको छ । उनीहरुलाई उपमहानगरपालिकाको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ ।

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै सङ्क्रमित युवती चढेकै हवाइजहाजमा आउनेमा धरानका पनि दुई जना फेला परेका थिए ।

अहिलेसम्म धरानमा ६४ जना विदेशबाट आएको विवरण सङ्कलन भएको उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशङ्कर साहका अनुसार प्रतिष्ठानको सम्पर्कमा आएका १० बिमारीमध्ये ६ जनालाई होम क्वारेन्टाइनमा बस्न पठाइएको छ भने ६ जनालाई प्रतिष्ठानको आइसोलेशन वार्डमा राखिएको छ ।

उनीहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ । ५जनाको थ्रोट स्वाब लिएर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाइएको तर रिपोर्ट आइनपुगेको निर्देशक साहले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Mar 27, 2020

प्रतिक्रिया दिनुहोस्