Logo
५ जेष्ठ २०८१, शनिबार
(March 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको संक्रमणदर तीव्र,अमेरिका पहिलो बन्यो

चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्यामा सयुंक्त राज्य अमेरिका पहिलो नम्बरमा देखिएको छ। बिहीबारसम्म संक्रमितको संख्यामा आधारमा अमेरिका तेस्रो नम्बरमा थियो।  अमेरिकामा ८५ हजार २ सय ८० जनामा संक्रमण देखिएकोमा १२ सय ९३ जनाको मृत्यु भएको छ । त्यहाँ बितेको २४ घण्टामा मात्रै २ सय ६६ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २४ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ हजार ७ सय ८८ जनाले कोरोनो भाइरसका कारण ज्यान गुमाएका छन् ।

पाँच लाख ३१ हजार ६ सय ९८ जनालाई कोरोना भाइरसको संक्रमण भएकोले एक लाख २३ हजार ९ सय २८ जना उपचारपछि निको भएका छन् । अहिले तीन लाख ८३ हजार सात सय जनाको उपचार भइरहेकोमा त्यमध्येका १९ हजार ३ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ६० हजार ६ सय ६३ जना नयाँ संक्रमित फेला परेका छन् ।

यस्तै चीनमा ८१ हजार ३ सय ४०संक्रमित रहेकोमा ३ हजार २ सय ९० जनाको मृत्यु भएको छ । चीनमा ५५ जना नयाँ संक्रमित फेला परेका छन् । यस्तै इटालीमा ८० हजार ५ सय ८९ जना संक्रमित रहेकोमा ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ । त्यहाँ बितेको २४ घण्टामा ७ सय १२ जनाको मृत्यु भएको छ ।

स्पेनमा ५७ हजार ७ सय ८६ संक्रमित फेला परेकोमा चार हजार तीन सय ६५ जनाको मृत्यु भएको छ । त्यहाँ बितेको २४ घण्टामा ७ सय १८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Mar 27, 2020

प्रतिक्रिया दिनुहोस्