Logo
२२ बैशाख २०८१, शनिबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयल निगमदवारा ग्याँस उद्योगीलाई आधा सिलिण्डर मात्र भरेर बजारमा पठाउन निर्देशन

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले यति बेला लकडाउन घोषणा गरेको छ । सो अवस्थामा नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्याँस उद्योगीलाई निर्देशन दिएको छ ।

माग अनुसार पुर्याउन नसकिने अवस्था आएकोले आधा सिलिन्डर ग्याँस मात्रै बेच्ने निर्णय भएको निगमले जनाएको छ ।

यसअघि एक सिलिण्डरमा १२ किलो २ सय ग्राम किलो ग्याँस हुँदै आएकोमा अब ७ किलो १ सय ग्राम मात्रै हुने निगमले जनाएको छ ।

सुरुमा ग्यास आपूर्ति भएको तर उपभोक्ताले धेरै सञ्चय गरेकोले माग धान्न आधा सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिइएको निगमले जनाएको छ ।

यसअघि भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो । कोरोना भाइरसको संक्रमणको त्राससँगै देशभर ग्याँसको माग बढिरहेको छ ।

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्