Logo
५ जेष्ठ २०८१, शनिबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखियो विभिन्न देशबाट फर्किएका ९६ जना

बाग्मती प्रदेश स्थित भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा  ९६ जना राखिएको छ । उक्त क्वारेन्टाइनमा २३ जना नेपाली नागरिक थपिएका छन् ।

विभिन्न देशबाट नेपाल आएका नागरिकहरुलाई बुधबार राति करिब ८ बजे सुरक्षाकर्मीको टोलीले खरिपाटी क्वारेन्टाइनमा पुर्याएको हो ।

क्वरेण्टीनमा ७७ पुरुष र १९ महिला गरी ९६ जना राखिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए ।

गएको चैत ८ गते भारत, कतार लगायतका देशबाट थाई एयरवेजमार्फत आएका ४९ र एयर इण्डियाबाट आएका १३ गरी ६२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खरिपाटी क्वारेन्टाइनमा पुर्याइएको थियो ।

गएको चैत्र १० र ११ गते विभिन्न देशबाट फर्किएका थप ११ जनालाई पनि यही क्वरेण्टीनमा राखिएको थियो।

क्वरेण्टीनमा रहेका नेपालीहरुको नियमित ज्वारो जाँच भइरहेको छ । २ जना चिकित्सक सहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी ५ जनाको टोली सेवामा खटिएका छन् ।

कोरोना संक्रमणको आशंका देखिए अस्पताल लैजान एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा राखिएको छ ।

उनीहरुलाई कम्तीमा १४ दिन क्वरेण्टीनमा राखिने भएको छ भने त्यसबीचमा कोरोना भाइरस संक्रमण पोजिटिभ भए उपचारका लागि शहीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल, टेकु लैजाने तयारी गरिएको छ ।

आफ्नै इच्छाले देश फर्किएका उनीहरु क्वरेण्टीनमा रहँदाको खर्च आफैँले गर्ने छन् । प्राधिकरणको क्यान्टिनबाट खाना प्याकिङ्ग गरी उनीहरुलाई पठाइने गरेको छ भने क्वा्रेण्टीनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको सबै व्यबस्थापन गरिएको छ ।

क्वा्रेण्टीनमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ ।

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्