Logo
५ जेष्ठ २०८१, शनिबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको तेस्रो दिन : उल्लंघन गर्ने १३७ सवारीसाधान प्रहरी नियन्त्रणमा

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेको तेस्रो दिन बिहीबार महानगरीय ट्राफिक प्रहरीले १३७ सवारी साधन नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता जीवनकुमार श्रेष्ठले बिहीबार बिहानसम्म १३७ सवारी साधन नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले चार पाङ्ग्रे ११२ र दुई पाङ्गे्र २५ सवारी साधन नियन्त्रणमा लिएको बताए। ‘कोही मानिसहरु सवारी साधन बिना नै घर गइसके उनले भने तर कोही महानगरमा नै बसेका छन्।’

उनका अनुसार लगडाउनका समयमा बाहिर निस्कनेलाई लकडाउन र कोरोना भाइरसका बारेमा जानकारी दिएका पनि बताए । उनले भने, ‘सरकारले लगडाउन तपाई हाम्रो लागि नै गरेको हो। यसरी ज्यान जोखिममा राखेर बाहिर नआउनुु । केही आपत आएका हामीलाई १०३ नम्बरमा सम्पर्क गर्नुस्।’

यस्तै श्रेष्ठले सम्बन्धित निकायसँग समन्वय गरेर सवारी साधनको के गर्ने भन्ने विषयमा टुंगो लगाउने पनि बताए।

जनसेवा, दरबारमार्ग, ठमेल, सोह्रखुट्टे, कमलपोखरी, सिहदरबार, कालिमाटी थापाथली, बल्खु, कलंकी, नागढुङ्गा, थानकोट, स्वयम्बु, नयाँबसपार्क, महारागंज, टोखा, बुढानिलकण्ठ, सुकेधारा,कपन गौशाला, एरपोट, गौचरण, कोटेशवर, काडाघारी, भक्रपुर, गठठाघर, कमलविनायक, ललितपुर जावालाखेल, मंगलबजार, सानेपा र भैसीपार्टीबाट सवारी साधन नियन्त्रणमा लिएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्