Logo
२२ बैशाख २०८१, शनिबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा ग्यासको सन्त्रास : अब आधा सिलिण्डर ग्यास मात्र पाइने

विश्वब्यापी कोरोना संक्रमण रोक्न सरकारले लगाएको लकडाउनको बेला ग्यास अभाव भएपछि अब मात्रै आधा सिलिण्डर ग्यास पाइने भएको छ । आधा सिलिण्डर ग्यास मात्र उपभोक्तालाई बेच्न नेपाल आयल निगमले उद्योगहरुलाई निर्देशन दिएको हो ।

कोरोना सन्त्रासले बजारमा ग्यासको माग उच्च रहेपनि बजारमा आपूर्ति कम रहेकोले कालोबजारी मौलएको छ । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन सुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको छ ।

हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो ।

आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले बताए ।

 

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्