Logo
२२ बैशाख २०८१, शनिबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सीमा नाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

यही चैत १० गते कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित ८वटा सरकारी निकाय तथा समितिलाई विपक्षी बनाइ अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले बुधबार सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले यो विषयमा छलफल गर्नका लागि २४ गतेलाई बोलाएको छ ।

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्